सर्लाही – चालु आर्थिक वर्ष २०८०/०८१ मा मधेश प्रदेश सरकारले कूल बजेटको ५५.७५ प्रतिशत रकम मात्रै खर्च गरेको छ ।
चालु आर्थिक वर्षमा ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँको बजेट रहेकोमा असार २४ को मध्य रातिसम्म २४ अर्ब ५९ करोड ४५ लाख ६५ हजार ६३२ रुपैयाँ मात्र खर्च भएको मधेश प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालुतर्फ १८ अर्ब ५३ करोड ८८ लाख ५८ हजार बजेट विनियोजन भएकोमा ९ अर्ब २९ करोड ७० लाख २ हजार १३७ रुपैयाँ अर्थात् ५०.१४९ प्रतिशत मात्रै खर्च भएको छ ।
त्यसैगरी, पुँजीगततर्फ २५ अर्ब ५७ करोड ५७ लाख ७४ हजार बजेट रहेकोमा १५ अर्ब २९ करोड ७५ लाख ६३ हजार ४९४ रुपैयाँ अर्थात् ५९.८१३ प्रतिशत खर्च भएको सो कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०७९/०८० मा ४७ अर्ब २ करोड ५० लाख ५२ हजार ११७ रुपैयाँ कूल बजेट रहेकोमा २७ अर्ब ३३ लाख १२ हजार ८८८ रुपैयाँ ५२ पैसा मात्र खर्च भएको थियो । अर्थात् ४२.५८ प्रतिशत रकम फ्रिज भएको थियो ।
भिडियो :