गोडैता – सर्लाहीमा पोखरीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको विष्णु गाउँपालिका–१, बेलवा टोलका रन्जित राउतका १० वर्षीय छोरा बादल राउत रहेका छन्।
बुधबार दिउँसो उनि घरदेखि नजिकैको दुरीमा रहेको पोखरीमा डुबेको अवस्थामा भेटिएका उनलाई परिवारले उद्वार गरि उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगेर सामान्य उपचार गरि थप उपचारका लागि जिल्ला सदरमुकाम मलंगवाथित प्रादेशिक अस्पतालमा लगिएकामा डाक्टरले मृत घोषणा गरेको बताईएको छ। मृतक बालकको शव पोस्टमार्टमपछि बुधबार साँझ परिवारलाई बुझाई सकिएको छ।