कास्कीमा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु

२०८१ असार २८, शुक्रबार ०६:५२

सर्लाही – कास्कीमा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ। जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर १९ तल्नाकोट टाढीमा गएराती पहिरो खसेर घर पुरिँदा स्थानीय कुलबहादुर परियारका ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार, छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियार रहेका छन्। मृतकहरुको शव अहिले निकालिसकेको छ। बिहीबार राति सवा १० बजे उनीहरु सुतेको बेला आएको पहिरोले घर पुरेको थियो।

सम्बन्धित समाचार