काठमाडौंबाट रौतहट आउँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूलीमा खसे, ६५ जना बेपत्ता

२०८१ असार २८, शुक्रबार ०७:१३

सर्लाही – नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६५ जना रहेका छन्।

काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस आज बिहान साढे ३ बजे त्रिशूलीमा खसेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।’ उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताए।

भरतपुरमा ढुंगा खसेर लाग्दा बस चालकको मृत्यु

चितवनमा लेदो र ढुंगा खसेर लाग्दा बस चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासीका मेघनाथ विक रहेका छन्।

जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित १७ किलोमा बसमाथि ढुंगा खसेर उनि घाइते भएका थिए। घाईते उनलाई उपचारका क्रममा स्थानीय अस्पतालमा लगिएको त्यहि उपचारकै क्रममा मृत्यु भएको हो।

सम्बन्धित समाचार