सर्लाही – प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत नपाएसँगै पदमुक्त भएका छन् । शुक्रवार प्रतिनिधिसभामा विश्वासको मत राखेको प्रश्ताव अस्वीकृत भएकाले उनि पदबाट मुक्त भएका हुन् ।
तत्काल रहेको २५८ मत रहेकोले उनले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले उनको प्रश्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । प्रतिनिधि सभाको अर्को बैठक आगामी असार ३० गते आईतबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।