काठमाण्डौबाट सर्लाही आउँदै गरेका रामनगरका दुई युवा सम्पर्क बिहिन, त्रिशुली बस दुर्घटनामा परेको आशंका परिवारजन चिन्तित

२०८१ असार २९, शनिबार १०:०१

राजेन्द्र बिश्वकर्मा, सर्लाही – परिवारलाई ‘आज हामि घर आउंदै छौ, हामि गौरको बसमा बसी सकेउ’ भनेर फोन राखेका सर्लाही रामनगर गाउँपालिकाका दुई जना युवा सम्पर्क बिहिन भएका छन्। अस्ति (बिहिबार) फोन सम्पर्कमा कुराकानी गरेर फोन राखेका परिवारहरु आफ्ना छोराहरुसंग सम्पर्क हुन् नपाउँदा अत्यन्त चिन्तित भएका छन्।

रामनगर गाउँपालिका-३, बहुअर्वाका रामा दास र जितेन्द्र राम विदेश जाने तयारि गरि रहेका थिए, सोहि समयमा मेनपावर कहाँ पुग्दा केहि दिन पछि आउँन भनेपछि उनीहरु बिहिबार घर आउंदै गरेका थिए। बिहिबार राति १२ बजेसम्म कुराकानी भएको परिवारहरु बताउँछन त्यसपछि भने सम्पर्क नै हुन् सकी रहेको छैन। एक्कासि शुक्रबारबाट सम्पर्क बिहिन भएपछी परिवारमा चिन्ता छाएको छ।

गौरको बसमा बसेर आएका छौ भनेपछि उनीहरु त्रिशुली बस दुर्घटनामा परेको हुन् सक्ने आशंका गरिएको छ। उनका साथि रौतहटका नबिनले ६ जनाको टिकट गणपति डिलक्स बसको खरिद गरेको र उनीहरु सोहि बसमा सवार भएर आएको हुन् सक्ने आशंका छ। परिवार आत्तिएका छन्, हजारौ पटक नम्बरहरुमा फोन सम्पर्क गर्न प्रयास गरि सके, अझै गर्दै छन,विडम्बना फोन सम्पर्क नै हुन् सक्दैन। परिवार चिन्तित छन्, आत्तिएका छन्, कहाँ जाउ, के गरौँ, कसलाई भनौ ?

यस बिषयमा गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवसंग कुरा गर्दा ‘उनले गाउँ कै युवाहरु सम्पर्क बिहिन भएको खबर पाएको छु, आफूले पनि शुक्रबार बिहानै देखि सम्पर्क गर्न प्रयास गरि रहेको छु, तर कतैबाट केहि खबर पाउँनै सकेको छैन।’ उनले भने।

शुक्रबार बिहान ३:३० बजे काठमाडौंबाट रौतहटको गौर आउंदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौं जाँदै गरेको एञ्जल बस चितवनस्थित नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाएर त्रिशुलीमा बगेका छन्। उनीहरु सम्पर्कमा नउदा उक्त काठमाडौंबाट रौतहटको गौर आउंदै गरेको गणपति डिलक्स बसमा सवार थिएकि ? र सोहि दुर्घटनामा परे कि भन्ने आशंका गरिएको छ।

दुर्घटनामा परेका दुवै बस अहिलेसम्म कहिँ कतै भेटिएका छैनन। हिजो (शुक्रबार) प्रहरीको टोलीले दिनभर खोजि कार्य गर्यो तर कतै केहि पत्ता लाग्न नसकेपछि खोजि कार्य राति बन्द गरिएको थियो र आज (शनिबार) बिहानै देखि नेपाली सेनासहितको टोलि उक्त बसहरुको र बसमा सवार रहेका बेपत्ताहरुको खोजि कार्य गरिरहेको छ। बस दुर्घटनाबाट तीन जना मात्र हालसम्म शकुशल छन्। उनीहरु बस दुर्घटनापछि नदीबाट पौडी खेलेर बाहिर आएको बताउछन। बस दुर्घटनामा कम्तिमा ४५ जना भन्दा बढी बेपत्ता भएको बताईएको छ।

भिडियो :

सम्बन्धित समाचार