सर्लाही – नवलपुरको गैंडाकोटस्थित नारायणी नदीको किनारमा भेटिएको एउटा शव सनाखत भएको छ। उक्त ठाउँमा भेटिएका दुई शव मध्ये एक शव सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय रमित कुशर माझीको रहेको पाईएको छ।
उक्त शव आफ्नो छोराको रहेको भनेर उनका बुवा रविन्द्र कुशर माझीले सनाखत गरेको प्रहरीले जनाएको छ। उनी काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३- ००१ ख २४९५ नम्बरको गणपति बसमा सवार थिए।