चन्द्रलाल जैशी, नेपालगञ्ज – नेपालगञ्जमा फुटवेयर व्यबसायी विद्यमान कठिनाई र समाधानको लागि हाम्रो भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपालगञ्ज जुत्ता, चप्पल व्यवसायी संघको आयोजनामा शनिबार नेपालगञ्ज उद्योग बाणिज्य महासंघको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा उद्योग बाणिज्य संघ नेपालगञ्जका अध्यक्ष टंक धामिले अर्थतन्त्रको मेरुदण्ड ब्यापार व्यवसाय क्षेत्रका विद्यमान चुनौतीको समाधान गर्न र ब्यापारिहरुको हक हितका लागि आफू सधै कटिबद्ध भएर लाग्ने र आफ्ना छाता संगठनलाई नयाँ आर्थिक नीति २०८१ को बारेमा यसरी खुल्ला अन्तरक्रियाले निकै प्रभावकारी भुमिका निर्बाह गर्ने र नयाँ आर्थिक नितिले ब्यापारीमा जटिलता उत्पन्न भएको र त्यसको समाधानका लागि आफू सधै तयार रहेको बताए।
यस्तै, विद्यमान चुनौतिका बिषय औल्याउँदै जुत्ता चप्पल व्यावसायि संघका अध्यक्ष कविराम जैसिले वर्तमान देशको युवा पलायन अस्थिर सरकार भन्सारमा हुने चोरी पैठारी कालोबजारी, भ्रष्टचार र विश्व महामारी कोभिड यता ब्यापार क्षेत्र धरासयी बनेको र यसलाई माथी उकास्न राज्य संयन्त्र सबैले निकै नै साहस गर्नु पर्ने र दृढ आत्माबलका साथ अगाडि बढन र विश्व आमूल परिवर्तनमा र समय अनुसार परिवर्तन भएर जानु पर्ने राज्य संयन्त्रले समय अनुकूल परिवर्तन हुनु पर्ने भएकोले अब नयाँ आर्थिक बर्ष सावन १ गतेदेखि लागु हुने harmonized system code का बारेमा सबैलाई जानकारी गराएका थिए।
कार्यक्रममा बोल्ने व्यक्तिहरुले फुटवेयर व्यबसायी विद्यमान कठिनाई र समाधानका बिभिन्न बिषयहरुलाई उठान गरेका थिए। कार्यक्रममा उद्योग बाणिज्य संघ नेपालगञ्जका अध्यक्ष टंक धामि, नेपालगञ्ज जुत्ता, चप्पल व्यवसायी संघका अध्यक्ष कविराम जैसि, अर्थविद डाक्टर अरविन्द दत्त मिश्र, नेपालगञ्ज उद्योग बाणिज्य संघका उपमहासचिव टेक बहादुर खडका, कानुनी क्षेत्रका ब्यक्ती बिश्वजित तिवारिलगायतको सहभागिता रहेको थियो।