सर्लाही – बारामा पेस्तोलसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको महागढीमाई नगरपालिका-११ बस्ने ४० वर्षीय राम कृपाल साह र २४ वर्षीय समसुदिन अंसारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरू बीच एक आपसमा झैंझगडा हुँदा दुवै पक्षलाई प्रहरी चौकी बरियापुरमा ल्याई छलफल गराउने क्रममा उनीहरूले महागढीमाई नगरपालिका-११ मधुरी गाउँस्थित आँपको रूखमुनी पेस्तोल गाडी राखेको खुल्न आएपछि शनिबार साँझ पक्राउ गरिएको हो।
प्रहरीले उनीहरुले भनेको ठाउँबाट आँपको रूखमुनी गाडेको अवस्थामा रहेको एक थान कटुवा पेस्तोल बरामद गरेको छ। साथै यस घटनामा समसुदिनका बुवालाई पनि नियन्त्रणमा लिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।