गोडैता – सर्लाहीमा गुडिरहेको बसबाट हाम फालेका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ३० वर्षीय शङ्कर प्रसाद चौधरी रहेका छन्।
चौधरीले आइतबार दिउँसो पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा काठमाडौंबाट विराटनगरका लागि छुटेको ना. ७ ख. १०५० नम्बरको बसबाट आफैं हाम फालेका थिए।
बसबाट हाम फालेका चौधरी गम्भीर घाईते भएका थिए। उनलाई उपचारका लागि लालबन्दीमा लगेर सामान्य उपचार गरि थप उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो।
उनको सोहि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनले हाम फालेको बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ।