६२ वर्षीया महिलालाई बलात्कार गरि भाग्दै गरेका १८ वर्षीय किशोर पक्राउ

२०८१ श्रावण १, मंगलवार १२:४९
साङ्केतिक तस्बिर

सर्लाही – काभ्रेमा ६२ वर्षीया महिलालाई बलात्कार गरि भाग्दै गरेका एक १८ वर्षीय किशोर पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको सुनापति गाउँपालिका–५ घर भएका १८ वर्षीय पासाङ तामाङ रहेका छन्।

भिडियो

तामाङले जिल्लाकै तेमाल गाउँपालिका वडा नम्बर–९ कि मानसिक सन्तुलन गुमाएकी र बोल्न नसक्ने ६२ वर्षीया एक महिलालाई भण्डारीबेशी नजिकै पर्ने मूल सडकसँगैको झाडीमा जबरजस्ती करणी गरेको खुलेको छ।

असार २९ मा घटनास्थलभन्दा पारि रामेछाप तर्फबाट दुई जनाले देखेर प्रहरीले खबर गरेपछि इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरी नेतृत्वको टिमले पीडितलाई उद्धार गरेको छ । बलाकृत ६२ वर्षीया महिलालाई प्रहरीले संरक्षण गृहमा राखेको छ ।

घटनास्थल सुनकोशी नदीको किनारमा पर्छ । बलात्कारपछि भाग्दै गरेका किशोरलाई पक्राउ गरेर अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए । आरोपी भक्तपुरमा मजदुरी गर्छन् । गाउँ फर्किँदा बाटोमा भेटेपछि अपरिचित महिलालाई बलात्कार गरेको उनले प्रहरीसँग बताएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार