सर्लाही – मुगु केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ।
जिल्लाको धर्मा आसपास केन्द्रबिन्दु भएर बिहान ४ बजेर ४० मिनेटमा ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
केन्द्रका अनुसार मुगुसहित आसपासका जिल्लामा धक्काको महसुस गरिएको थियो । यसघि गत असार २६ गते राति १:४६ बजे ताप्लेजुङको तापेथोक आसपास ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।