एलन मस्कले ट्रम्पलाई मासिक ४५ मिलियन डलर दिने

२०८१ श्रावण २, बुधबार ११:३७

वासिंटन – अमेरिकी बिलियनर एलन मस्कले अमेरिकी राष्ट्रपति पदका उमेदवार डोनाल्ड ट्रम्पलाई हरेक महिना ४५ मिलियन डलर दिने अमेरिकी मिडियाले जनाएका छन् ।

उनलाई सहयोग गर्ने गरी सुपर पोलिटिकल एक्सन कमिटी (सुपर प्याक)मार्फत दिने जनाइएको छ । जसअन्तर्गत ट्रम्पलाई मदत गर्ने गरी मतदाता दर्ता, चाँडो मतदान जस्ता कुरालाई प्रवर्द्धन गरिनेछ ।

सो सम्बन्धी विषयमा वाल स्ट्रिट जर्नलले समाचार लेखेको थियो । मस्कले औपचारिक रूपमा गएको शनिबार पेन्सिलभानियामा हत्या प्रयासमा ट्रम्प जोगिएपछि भावी राष्ट्रपतिको रूपमा उनलाई समर्थन गरेका थिए ।

उनले सामाजिक सञ्जाल एक्समा त्यतिबेला लेखेका थिए, “म पूर्ण रूपमा राष्ट्रपतिमा ट्रम्पलाई अनुमोदन गर्दछु र उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।” रिपोर्टका अनुसार मस्कले अर्को महिनाबाट सो सहयोग उपलब्ध गराउनेछन् । अल्जजिरा

सम्बन्धित समाचार