गोडैता – सर्लाहीमा घरायसी विवादको कारण आमा र छोरी मिलेर आफ्नै श्रीमानको हत्या गरेको घटना बाहिरिएको छ।
जिल्लाको ईश्वरपुर नगरपालिका-१३ आलेटोलमा ५९ वर्षीया जंगल बहादुर बलको उनकी आफ्नै श्रीमती ६६ वर्षीया रीता बल र छोरी २५ वर्षीया शितल लामाले कुटपिट गरि हत्या गरेको प्रहरीले जनाएको छ।
जंगललाई कुटपिट गरि हत्या गरेपछि आफ्नै घरको कोठामा मृत अवस्थामा रहेको भन्ने खबर प्रहरीलाई आएको र त्यसपछि प्रहरी चौकी गौरिशंकर र इलाका प्रहरी कार्यालय केशरंगजबाट प्रहरीको टोलि खटिएर बुधबार दिउँसो आमा छोरी दुबै जनालाई पक्राउ गरि घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।