सर्लाही – बाराको सिम्रौनगढमा नेपाली एक हजार दरका ८५ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-२, महुवाही बस्ने ३५ वर्षीय छठु गिरी रहेको प्रहरीले जनाएको छ। गिरीलाई बिहिबार इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनि अन टेष्ट लेखिएको मोटरसाइकलमा सवार भई महुवाहीबाट नयकाटोलतर्फ जाँदै थिए, सोहि समयमा प्रहरीले उनलाई चेकजाँच गर्दा उनको साथमा उक्त परिमाणको नक्कली नोट भेटिएपछि पक्राउ गरिएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।