एसिया कपमा नेपालको शानदार सुरुवात, युएईमाथि ६ विकेटको जित

२०८१ श्रावण ४, शुक्रबार १७:३८

काठमाडौं – नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो ।

युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाएकी थिइन् भने रुबिना क्षेत्रीले १० रन बनाएकी थिइन् ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो । युएईका लागि खुशी शर्माले सर्बाधिक ३६ रन बनाएकी थिइन् भने कभिषा इगोडागेले २२, समिरा धर्निनधर्काले १३ रन बनाएकी थिइन् ।

त्यसैगरी नेपाली बलर कप्तान इन्दु बर्माले सर्बाधिक ३ विकेट लिइन भने सबनम राई, कबिता जोशी र कृतिका मरासिनीले एक एक विकेट लिएका थिए । अब नेपालले अर्को खेल आइअत्बार पाकिस्तानविरुद्ध खेल्दै छ भने युएईले आइतबार नै भारतको सामना गर्दै छ ।

युएईविरुद्ध सम्झना खड्काको शानदार अर्धशतक

युएईविरुद्ध नेपालकी ओपनर सम्झना खड्काले अर्ध शतक प्रहार गरेकी छन् । खड्काले ३५ बलमा अर्धशतक बनाइन् । उनले ८ चौका प्रहार गरिन् । खड्काको यो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक हो ।

सम्बन्धित समाचार