सर्लाही – मुस्ताङको घरपझोङ गाउँपालिका–५, ढुम्बामा ढिस्कोले पुरिएर दुई मजदुरको मृृत्यु भएको छ । ढुम्बाको कुछपतेरंगा गुुम्बाको नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा उनीहरूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गडवा गाउँपालिका–१ का २३ वर्षीय रवि दर्लामी मगरको मृत्यु भएको हो । नेपाल प्रहरी, स्थानीयवासी लगायतको सहयोगमा मजदुरको शव माटोबाट बाहिर निकालिएको हो । रासस