गोडैता – सर्लाहीमा गत असार महिनामा मात्रै डेढ करोड रुपैयाँभन्दा बढी मूल्यका भन्सार छली गरेर भित्र्याइएका सामान बरामद भएको छ। एक महिनामा डेढ करोड भन्दा बढी मूल्य पर्ने भन्सार छलीका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो।
प्रहरीका अनुसार असार १ देखि ३१ गतेसम्म एक करोड ५७ लाख ७२ हजार चार सय ४१ रुपैयाँ बराबरका बिलबिजक नभएका सामान बरामद गरिएको हो। यसरी बरामद गरिएकामा किराना सामान, कुखुराका चल्ला, मेसिनरी तथा सवारीका पार्टपूर्जा, इलोक्टिोनिक्स सामान र लत्ताकपडा रहेका छन्।
सामानहरू विभिन्न समयमा जिल्लाको नेपाल-भारत सीमा क्षेत्रबाट नेपालतर्फ ल्याउँदै गर्दा बरामद गरिएको हो। बरामद सामाग्री चलन चल्ती अनुसार बजार मूल्य कायम गरी आवश्यक कारबाहीका लागि भन्सारमा बुझाईएको छ । सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधनसमेत नियन्त्रणमा लिएर भन्सारमा बुझाएईको छ।