सर्लाहीमा ग्यारेजमा काम गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

२०८१ श्रावण ७, सोमबार १०:३६

गोडैता – सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको हरिवन नगरपालिका–८, बालगंगा निवासी लालबाबु शेखका छोरा १८ बर्षका नुरसेद शेख रहेका छ्न।

शेख हरिवन नगरपालिका–११, बाँसाटोलमा रहेको कारी शर्मा ग्यारेजमा काम गर्दै आईरहेका थिए। शेख आईतबार दिउँसो सोहि ग्यारेजमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका थिए।

गम्भीर घाईते शेखलाई उपचारका लागि हरिवन स्थित नमुना अस्पतालमा लगिएको थियो सोहि अस्पतालमा सामान्य उपचारपछि शेखलाई थप उपचारका लागि बिरगंज रिफर गरिएको थियो।

बिरगंजमा लाँदै गर्दा उनको बाटोमै मृत्यु भएको बताइएको छ। मृतक शेखको शव अहिले रौतहटस्थित सिभिल अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार