सर्लाही – जाजरकोटमा भीरबाट लडेर पूर्व महिला वडा सदस्यको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको कुशे गाउँपालिका-४, अर्छानी निवासी ४७ बर्षिया दुर्गा जैशी रहेकी छिन।
कुशे गाउँपालिकाकि उपाध्यक्ष देविका कुमारी सिंहका अनुसार शनिबार स्थानीय जंगलमा भैसीलाई घाँस काट्न गएकी जैशि उक्त जंगलमा भिरबाट लडेर गम्भीर घाईते भएकि थिइन्।
भीरबाट लडेर गम्भीर घाइते भएकी जैशिलाई स्थानिय अस्पतालमा उपचारपश्चात आज (सोमबार) नेपालगंज लिंदै गर्दा बाटोमै मृत्यु भएको हो। जैशी नेपाल कम्युनिस्ट पार्टी एमालेबाट २०७४ को स्थानीय निर्वाचनमा वडा महिला सदस्यमा निर्वाचित भएर आपनो पदावधिसम्म जनताको हितमा काम गरेकि थिइन्।