सर्लाही – वैदेशिक रोजगारीमा क्रोएशिया पठाइदिन्छु भनी ठगी गर्ने रौतहटका एक जना काठमाडौंमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका-३ घर भई हाल ललितपुर महानगरपालिका-२ सानेपा बस्ने २७ वर्षीय चन्दन कुमार जैसवाल रहेको छन्। जैसवाललाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ पचली भैरवबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया पठाइदिन्छु भनी ४ जना पीडितहरूबाट ५ लाख ८४ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएका थिए। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।