सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु

२०८१ श्रावण ९, बुधबार १३:२१

सर्लाही – सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।

९ एन–एएमई सीआरजे-७ विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । विमानमा क्याप्टेन मनिष शाक्य थिए । शाक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।

मर्मतका लागि पोखरा जाँदै थियो सौर्य एयरलाइन्सको जहाज

सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि भनेर काठमाडौँबाट पोखराका लागि उडेको खुलेको छ । एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज मर्मतका लागि पोखरा पठाइएको पुष्टि गरे ।

विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थल बन्द भएपछि बाहिरबाट आएका विमानहरूलाई डाइभर्ट गरिएको छ ।

बुधबार बिहान मर्मतका लागि काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको विमान उड्ने क्रममा दुर्घटनामा परेको हो ।

विमानमा १७ जना प्राविधिकसहित दुईजना चालक दलका सदस्य सवार रहेको विमानस्थलको कार्यालयले जानकारी दिएको छ । उद्धार गरेर अस्पताल पुर्याइएका पाइलट मनिषरत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

जहाजमा सवार रहेका यात्रुहरु

May be an image of ticket stub and text

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार