सर्लाही – ढुंगाले लागेर तराई/मधेस द्रुतमार्ग सडक आयोजनामा काम गर्ने एक जना कामदारको मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।
फास्ट ट्रयाक अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१२ चालिसे डाँडास्थित सुरुङ मार्ग भित्र काम गर्ने क्रममा ढुंगाले लागेर एक जना कामदारको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सुरुङ भित्र काम गर्ने क्रममा ढुंगाले लागेर बाराको निजगढ नगरपालिका घर भएका २७/२८ वर्षको विमल थिङको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
तनहुँ घर भएका अर्का २७/२८ वर्षीय राजु विक गम्भीर घाइते भएका छन्। उनको ढाडँ र कम्मरमा चोट लागेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए। घाइते विकको हेटौंडा–११ स्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। बुधबार दिउँसो साँढे ३ बजेको समयमा फाष्ट ट्रयाकको सुरुङ भित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगा उनीहरूलाई लागेको थियो।