नेपालको इतिहासमै पहिलो महिला मुख्यसचिव बनिन् गड्तौला

२०८१ श्रावण १०, बिहीबार १७:५३

सर्लाही – सरकारले मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव बनाएको हो ।

उनलाई असार ३१ गते कायमुकायम मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि मुख्यसचिव डा. वैकुण्ठ अर्याल निलम्बित भएका थिए ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उनलाई असार १० गते राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उक्त पदमा सरुवा गर्ने निर्णय भएको थियो ।

त्यसपछि प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव गड्तौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन् । गड्तौला पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।

सम्बन्धित समाचार