सर्लाही – रौतहटमा श्रोत नखुलेको झन्डै साँढे चार लाख नेपाली रुपैयाँसहित एक भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार जिल्ला सितामढी बैरगनिया -८ असोगी टोल बस्ने वर्ष ४७ को प्रदिप कुमार वर्मा रहेका छन्।
बर्मालाई जिल्लाको गौर नगरपालिका २ भन्सार ईलाकामा प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका प्रमुख डिएसपी राजेश कुमार श्रेष्ठको कमाण्डमा सशस्त्र बल नेपाल, र नेपाल प्रहरीको भन्सार सुरक्षा गार्डको संयुक्त टोलिले भारतबाट नेपालतर्फ आउंदै गरेको अवस्थामा पक्राउ गरेको हो।
उनि सवार विआर ३० एसी ७९१४ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईकलको भाईजर भित्र ४ लाख ४० हजार रुपैया भेटिएको हो उनले उक्त रकमको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो।
प्रहरीले वर्माको साथबाट ४ लाख ४० हजार नेपाली रुपैया र मोटरसाइकल बरामद गरेको छ। उनलाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा पठाईएको छ।