नक्कली नोटसहित गोडैताका दुई जना पुरुष रौतहटमा पक्राउ

२०८१ श्रावण ११, शुक्रबार १६:५६

गोडैता – नक्कली नोटसहित सर्लाही गोडैताका दुई जना पुरुष रौतहटमा पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा सर्लाहीको गोडैता नगरपालिका–८, गोडैता निवासी २४ वर्षीय इमामुल हक दर्जी र सोहि ठाउँ निवासी ३२ वर्षीय नजरे आलम रहेका छन्।

उनीहरुलाई रौतहटको चन्द्रपुर नगरपालिका–१० बालचनपुरबाट पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहिबार राति पौने १० बजेतिर बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा नक्कली नोट भेटीएपछि पक्राउ गरिएको हो।

प्रहरीले उनीहरुको साथबाट १ हजारका १३ थान नक्कली नोट र मोटरसाइकल बरामद गरेको छ। उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कर्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।

सम्बन्धित समाचार