सर्लाहीमा पूर्व राज्यमन्त्री राय हत्या प्रकरणको अनुसन्धानमा खटेका असई युवतीसंग मस्तीमा, जव स्थानीयले देखे…

२०८१ श्रावण ११, शुक्रबार २१:५९

सर्लाही – सर्लाहीमा पूर्व राज्यमन्त्री राय हत्या प्रकरणको अनुसन्धानमा खटेका एक जना प्रहरीका असईलाई स्थानीयले युवतीसंग अनैतिक क्रियाकलाप गर्दै गरेको अवस्थामा भेटाएका छन्।

बिहिबार राति जिल्लाको कविलासी नगरपालिकास्थित सलेमपुर गाउँको एक सडकको छेउमा एक जना होटेलमा काम गर्ने युवतीसंगै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सिभिल प्रहरी अर्थात घुमुवा इन्चार्ज रहेका तेज नारायण यादवलाई उक्त गाउँका स्थानीयले राति १२ बजेतिर रंगेहात भेटिएका थिए।

त्यसपछि प्रहरीलाई खबर गरि स्थानीयले उनलाई सोहि स्थानबाट सलेमपुरस्थित सशस्त्र प्रहरीको १० नम्बर गणमा प्रहरीसंगै लिएर बुझाएका थिए। एक स्थानीयले उक्त घटनाको भिडियो बनाएका छन्। जसमा युवती, यौन पिपासु, नरपिचास असई तेज नारायण, स्थानीयहरू, प्रहरीहरु देखिएका छन्।

उक्त भिडियोमा पनि प्रहरीहरुले भिडियो नखिच्न स्थानियलाई आग्रह गर्दछन र खिच्दै गरेकालाई पनि हातले तल मोबाईल झार्न भन्छन जो तपाई भिडियोमा प्रस्ट देख्न सक्नु हुन्छ। जब रक्षक नै भक्षक भएपछी त्यो ठाउँको सुरक्षा कस्तो हुन्छ होला ?

घटनालाई गुपचुप पार्न खोज्दै प्रहरी

नेपालमा प्रहरीले नै प्रहरीलाई नियन्त्रणमा लिएको यो पहिलो घटना भने होइन, प्रहरीमा पनि केहि यस्ता घिन लाग्दा हर्कत गर्ने देखि ठग्नेसम्मका प्रहरीहरु छन् जो बिगतमा त्यस्ता प्रहरीहरुलाई प्रहरीले नै नियन्त्रणमा लिएर कारवाही गरेको छ।

तर यता सर्लाहीमा भने प्रहरीहरु देखि सुरक्षा निकायहरु असइ तेज नारायणको बचाउमा छन्। अझ भनौ घटनालाई गुपचुप पार्न खोज्दै छन्।

केहि दिन अघि मात्र ‘पुर्व राज्य मन्त्रीको हत्यारा पत्ता लाग्यो’ भन्ने सूचना जिल्लाका मिडियालाई जानकारी नगराएको र सिधै केन्द्रका मिडियालाई घटनाको जानकारी दिएको भन्दै स्थानिय मिडियाहरु आक्रोशित संगै अनुसन्धानमा खटिएकाहरुले आफूले अनुसन्धान नै नसकाएको सूचना कसले दियो भन्दै प्रवक्तामाथि प्रश्न ठडाएपछी निद हराम भएका सर्लाहीका डिएसपी एवम प्रवक्ता दिपक श्रेष्ठले यो घटनामा भने सूचना दिनै चाहेनन्।

शुक्रबार साँझ यस बिषयमा बुझ्न धड्कन एफ एमको समाचार कक्षाबाट उहाँलाई सम्पर्क गरेको र उक्त घटनाको बिषयमा बुझ्न खोज्दा उनले प्रहरी रक्सि खाएको अवस्थामा भेटिएका र उनलाई नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको बताए। जसकी भिडियोमा युवतिसंग उनि प्रष्ट देखिएका छन्। र त्यति कुरा भन्दै डिएसपी श्रेष्ठले फोन राखे र बारम्बार फोन सम्पर्क गर्न खोज्दा उनले फोन काट्ने गरे।

त्यसपछि हामीले उक्त घटनाका सम्बन्धमा बुझ्न जिल्ला प्रशासन कार्यालय सर्लाहीका सूचना अधिकारि एवम सहायक सिडिओ (प्रमुख जिल्ला अधिकारि) होम प्रसाद घिमिरेलाई सम्पर्क गर्यो, उनले आफ्नो स्वास्थ्य अवस्था ठिक नभएका कारण आफू अस्पतालमा रहेको र उक्त घटनाका सम्बन्धमा कुनै कुरा जानकारी नभएको बताए।

यहि घटनाका बिषयमा बुझ्न यता प्रमुख जिल्ला अधिकारि गोपाल कुमार अधिकारीलाई सम्पर्क गर्दा उनले पनि आफूलाई उक्त बिषयमा कुनै जानकारी नभएको बताए। साथै, जिल्ला प्रहरी कार्यालयको प्रवक्ता भएर सूचना दिन नमान्ने र फोनै सम्म नउठाएको कुरा उनलाई जानकारी गराउदा उनले त्यो कुरा उनको रहेको आफूले केहि भन्न नसक्ने बताए।

फटाहा प्रहरीलाई कारवाही हुनुपर्छ – रंगेहात समातेर प्रहरीलाई बुझाएका स्थानीय

हामीले यस घटनाका सम्बन्धमा केहि प्रत्यक्षदर्शी सलेमपुरका स्थानियहरुलाई बुझ्दा उक्त घटना सत्य भएको र भिडियो पनि आफुहरुले नै बनाएको बताएका छन्। यति मात्र नभई भिडियो बनाउंदै गर्दा प्रहरीले भिडियो नबाउन भनेको कुरा पनि बताएका छन्।

घण्टौ सम्म उक्त स्थानमा युवती र उक्त प्रहरीलाई देखेपछि स्थानीयहरू आफै लज्जित भएको तर उनीहरु लज्जित नभएको, झन् लामो समय त्यहि बिताएको उनीहरु बताउछन। त्यसपछि गाउँका युवाहरु मिलेर प्रहरीलाई खबर गरि आफूहरु गएर उनीहरुलाई त्यहाँबाट सलेमपुरस्थित सशस्त्र प्रहरीको १० नम्बर गणमा लिएर बुझाई आफूहरु राति २ बजे फर्किएको बताए।

साथै हाम्ले प्रहरीले उक्त कुरा नभई असई तेज नारायण घर जाँदै गरेको अवस्थामा रक्सि खाई लट्ठीएको कुरा पाएपछि नियन्त्रणमा लिएको भनिराछ तपाईहरु यो कुरामा के भन्नु हुन्छ भनेर सोध्दा स्थानियहरुले भोलि त्यस्तै हुने भन्दै भिडियो खिचेको र भिडियोमा सबैले प्रस्टै देख्न र बुझ्न सक्छन घर प्रहरी तेज नारायण घर जाँदै थिए कि युवतीसंग अनैतिक क्रियाकलाप गर्दैछन।

प्रहरीले नै यस्तो घिन लाग्दो हर्कत गर्छन भने अरु के गर्लान यस्ता प्रश्नहरुको जवाफ कसले दिने ? यस्ता प्रहरीहरुलाई कारवाही नगरे कस्तालाई कारवाही गर्ने भन्दै स्थानीयहरू युवाहरु उल्टै प्रश्न गर्छन। साथै उनीहरु भन्छन – घटनाको सत्य छानबिन होस् ति प्रहरी दोषी नै छन् हाम्ले प्रत्यक्ष देखेका छौ कडा कारवाही हुनु पर्छ।

उक्त भिडियो हेर्न यसमा क्लिक गर्नुहोस।

सम्बन्धित समाचार