ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

२०८१ श्रावण १२, शनिबार २३:०५

सर्लाही – शनिबार राति ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु जिल्लाको खेन्जिम भन्ने स्थानमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । केन्द्रका अनुसार राति १० बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको जनाईएको छ।

यसअघि साउन २ गते रसुवा केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको र गत असार २६ गते राति १:४६ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

सम्बन्धित समाचार