सर्लाही – पर्सामा १२ किलो चरेशसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको पश्चिम चम्पारन विसनपुर मटेरवा बस्ने १८ बर्षिय कुञ्जन कुमार महतो रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनलाई शनिबार जिल्लाको पोखरीया नगरपालिका–१ स्थित बनकटवाबाट पक्राउ गरिएको हो। बीआर २२ एबी १२९२ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई शंका लागि जाँच गर्दा १२ के.जी. चरेश भेटिएपछि उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश पोखरीयाले पक्राउ गरेको हो।
पक्राउ परेका महतोको साथबाट प्रहरीले १२ के.जी. चरेश, ५ हजार ४ सय २० भारतीय रुपैयाँ, १ थान मोबाईल सेट र एउटा भारतीय नम्बर प्लेटको मोटरसाईकल बरामद गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।