सडक दुर्घटना : पर्सामा गत बर्षको तुलनामा एक तिहाइले बढ्यो मृत्यु हुनेको संख्या, पछिल्लो बर्ष ५१ जनाको मृत्यु

२०८१ श्रावण १३, आईतवार ०७:२१

सर्लाही – पर्सा जिल्लामा सवारी दुर्घटनामा परेर आर्थिक वर्ष २०८०/८१ मा ५१ जनाले ज्यान गुमाएका छन् । गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको ज्यान गएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा एक तिहाइले बढेको बताए।

आव २०७९/८० मा ३९ जनाको ज्यान गएको थियो । प्रहरी निरीक्षक खतिवडा अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटना सङ्ख्या पनि बढेको जानकारी दिए । आव २०८०/८१ मा सात सय ९६ र आव २०७९/८० मा भने चार सय ९८ सवारी दुर्घटना भएका थिए । – रासस

सम्बन्धित समाचार