पोखरामा विद्यार्थी सवार स्कुल बस दुर्घटना, एक जनाको मृत्यु ३० जना घाईते

२०८१ श्रावण १४, सोमबार १०:५७

सर्लाही – पोखरामा २२ विद्यार्थीसहित २४ जना सवार स्कुल बस दुर्घटना भएको छ। पोखरा २१ बाट विद्यार्थी बोकेर पोखरा १७ मा रहेको एलपी देवकोटा विद्यालयतर्फ जाँदै गरेको बस सोमबार बिहान पोखरा २१ स्थित मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा परेको हो।

कास्की प्रहरीका अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विद्यालयकै स्टाफ रहेकी पोखरा २१ कि ३३ वर्षीय आरती विक रहेकी छिन। दुर्घटनामा ३० जना घाइते भएको बताईएको छ।

घाइतेको अहिले पोखराका तीन अस्पताल ( गण्डकी मेडिकल कलेज, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पताल ) मा उपचार भइरहेको छ । विभिन्न अस्पतालमा उपचार भइरहेका कारण बसमा सवार कतिजना थिए भन्ने यकिन भइनसकेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले बताए।

सम्बन्धित समाचार