सडकमा राखिएका समान हटाएर सहयोग गरिदिन रामनगर गाउँपालिकाको अनुरोध

२०८१ श्रावण १४, सोमबार १५:४५

गोडैता – सर्लाहीको रामनगर गाउँपालिकाले पालिका भित्रका सडक पेटीमा राखिएका सामानहरु हटाउन पालिकावासीलाई अनुरोध गरेको छ।

गाउँपालिकाले आज ( सोमबार ) एक सूचना जारि गर्दै गाउँपालिका अन्तर्गतका सडकहरु तथा सडक पेटीमा राखिएका विभिन्न सामानहरु हटाउन अनुरोध गरेको हो।

सडक दुर्घटना न्यूनीकरण गर्नका लागि गाउँवासीलाई उक्त सामानहरु हटाएर सहयोग गरिदिन अनुरोध गरिएको हो।

 

May be an image of text

 

सम्बन्धित समाचार