सर्लाही – पर्सामा एक हजार दरको २ वटा नक्कली नोटसहित भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार प्रान्त बेतिया ग्राम बैरिया-३ बस्ने २२ वर्षीय अजाद आलम रहेका छन्।
आलमलाई सोमबार दिउँसो वीरगन्ज महानगरपालिका-१६ बाट नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।