सर्लाही – सर्लाहीको नदीयापकडीमा मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीका अनुसार विष्णु गाउँपालिका वडा नम्बर–२ स्थित नदीयापकडीमा आज दिउँसो उक्त कंकाल फेला परेको हो।
स्थानीय ४५ वर्षीय दिनेश राय यादवको उखु बारीमा स्यालले खोस्रेर सो कंकाल निकालेको हो । उक्त कंकाल उखु बारीमा खाल्डो खनेर कपडाले बेरेर गाडेको हुन् सक्ने प्रहरीले आशंका गरेको छ।
अहिले उक्त मानव कंकाल परीक्षणका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ, भने उक्त कंकालबारे थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।