सर्लाहीमा सडेको अवस्थामा एक पुरुषको शव फेला

२०८१ श्रावण १७, बिहीबार ०८:२१
file image

गोडैता – सर्लाहीमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। जिल्लाको पर्सा गाउँपालिका–५ स्थित सपहा खोलामा अपरिचित शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शव कसको हो ? भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन। बुधबार पानीमा शव भेटिएको थियो। शव पानीमा भेटिएका कारण सम्पूर्ण शरिर गलिसकेको छ। उक्त शव आफ्नै आफन्तको हो भन्दै केहि व्यक्ति सम्पर्कमा आएको बताइएको छ।

शव अहिले परिक्षणका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको तथा घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। यसघि जिल्लाकै विष्णु गाउँपालिका वडा नम्बर–२ स्थित नदीयापकडीमा एउटा कंकाल फेला परेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार