शास्त्रीय सङ्गीत गुरु कामतको सिराहास्थित आफ्नै निवासमा ६९ वर्षको उमेरमा निधन

२०८१ श्रावण १७, बिहीबार १०:२७

सर्लाही – शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको आज बिहान ७ : ३० बजे आफ्नै जन्मथलो सिराहाको लक्षम्पीर पतारी गाउँपालिका २ पोखरभिण्डामा निधन भएको छ ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित शास्त्रीय सङ्गीतका गुरु कामतको ६९ वर्षको उमेरमा निधन भएको हो । शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामत उपचारका लागि आर्थिक सङ्कट भएपछि एक महिना अघि जन्मथलो फर्किएको उनका माइला छोरा प्रमिन्द्र कामतले जानकारी दिए ।

उनले पछिल्ला ४० वर्ष देखि निरन्तर काठमाडौँमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए । नेपाली संगीतमा अमूल्य योगदान गरेका कामतले आर्थिक अभावका कारण सही उपचार पाउन नसकेको बताइन्छ । उनको २०१२ साउन १७ गते सिराहाको पोखरभिण्डामा जन्म भएको थियो ।

सम्बन्धित समाचार