सिरहामा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

२०८१ श्रावण १८, शुक्रबार ०९:२२

सर्लाही – सिरहामा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको मधुवानी जिल्लाको ग्राम पंचायत पिपराही झझरी टोलका करिब १८ वर्षीय निरजकुमार पासवान र वार्ड नं. १२ बलानसेर टोलका ३७ वर्षीय अरुण साह रहेका छन्। उनीहरुलाई सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका-५ स्थित महेशबारीबाट प्रहरीले पक्राउ गरेको हो।

बिहिबार साँझ करिब साढे ६ बजेतिर इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरी टोलीले यात्रुबाहक बस रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथमा जिओबस एयर पिस्तोल स्विङ् कालो रंगकाे पेस्तोल भेटिएपछि पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरुलाई लहान प्रहरीमा राखेर घटनाका सम्बन्धमा थप अनुसन्धानअघि बढाईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार