मोतिहारी–बारा–अमलेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

२०८१ श्रावण १८, शुक्रबार १०:३७

सर्लाही – नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम प्रायः पूरा भएको छ । नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत काम पूरा भएको जनाएको छ।

निगमको मधेश प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायका अनुसार मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको मुख्य ट्याङ्की चार हजार एक किलोलिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण पूरा भएको बताए । अन्य प्राविधिक काम दुई महिनाभित्र सम्पन्न गर्ने गरी द्रुत गतिमा काम भइरहेको उनको भनाइ छ ।

पेट्रोलियम पदार्थको भण्डारणसँगै पाइपलाइन जडान कार्य पनि अन्तिम चरणमा पुगेको छ । परियोजनामा सरकारको १ अर्ब ५४ करोड तथा भारत सरकारको ६० करोड लगानी छ । – रासस

सम्बन्धित समाचार