पहिरोले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु

२०८१ श्रावण १९, शनिबार १२:२२

सर्लाही – रोल्पामा पहिरोले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको सुनछहरी गाउँपालिका-४ कामी डाँडा निवासी ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी माया सुनार रहेका छन।

शुक्रबार राति ९ बजेतिर स्थानीय देउसिंह कामीको घरमा सुतेको अवस्थामा घर माथिबाट पहिरो आएर घर पुरिएपछि उनीहरु बेपत्ता भएका थिए। उद्वारको क्रममा शनिबार बिहना हजुरआमाको र दिउँसो नातिनीको शव फेला परेको प्रहरीले जनाएको छ। उक्त घरमा उनीहरु हजुरआमा र नातिनी मात्र रहेको बताईएको छ।

सम्बन्धित समाचार