सर्लाही – बारामा साँढे ८ किलो गाँजासहित एक युवती पक्राउ परेकी छिन।
पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका-७ कि २५ वर्षीया प्रियङ्का श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार श्रेष्ठलाई आइतबार बिहान बाराको जीतपुर सिमरा उप-महानगरपालिका-१ आधाभार जङ्गलबाट पक्राउ गरिएको हो।
सडक छेउमा उनि पिठ्यूँमा कालो रंगको झोला बोकेर बसी रहेकी थिइन्, सोहि समयमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उनले बोकेको झोला भित्र गाँजा फेला परेछ पक्राउ गरिएको हो।
उनको साथबाट प्रहरीले साँढे ८ किलो गाँजा बरामद गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।