गोडैता – आईतबार दिउँसो सर्लाहीको मलङ्गवामा बोलबम यात्री सवार ट्याक्टर दुर्घटनामा परि घाईते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा चक्रघट्टा गाउँपालिका-५ निवासी जोगीन्द्र मण्डलकी ४५ वर्षीया श्रीमति पतही देवी रहेकी छिन। आईतबार दिउँसो वीरगंजस्थित नेशनल मेडिकल कलेजमा देवीको उपचारका क्रममा मृत्यु भएको हो।
भारतको मढीयामा जल चढाएर सर्लाहीको चक्रघट्ट फर्कँदै गरेको बोलबम यात्री सवार ज२त ३२७ नम्बरको ट्याक्टर आईतबार दिउँसो मलङ्गवा नगरपालिका–१२ स्थित नहरमा खसेको थियो।
दुर्घटनामा अन्य ५ जना घाईते भएका थिए। घाईते मध्ये देवीको मृत्यु भएको छ भने अन्य ४ जनाको जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।
यो पनि पढ्नुहोस :
मलंगवा बोलबम यात्री सवार ट्याक्टर दुर्घटना अपडेट : ५ जना घाइते