सर्लाही – सप्तरीमा इँटाभट्टाका मुन्सि धान खेतमा मृत फेला परेका छन्। जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बरही वीरपुरनजिक धानखेतमा निरज इँटाभट्टामा मुन्सीको रूपमा काम गर्दै आईरहेका सिरहाको लहान नगरपालिकाका ४५ वर्षिय पवनकुमार कर्ण आज (मंगलबार) बिहान मृत फेला परेका हुन्।
घटनास्थलमा प्रहरी पुगेर घटनाको अनुसन्धान थालेको छ। धान रोपेको खेतमा जमेको पानीमा उल्टो परेको अवस्थामा उनि मृत फेला परेका छन्। घटनास्थलबाट उनि कार्यरत इँटाभट्टा नजिकैको दुरीमा छ। घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।