गुल्मीमा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा २ वर्षीया बालिकासहित ४ जनाको मृत्यु

२०८१ श्रावण २२, मंगलवार १४:००

सर्लाही – गुल्मीमा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्।

आज (मंगलबार) बिहान जिल्लाको मुसिकोट नगरपालिका- १ स्थित बिसौनामा पहिरोले दुई वटा घर पुर्दा स्थानिय ४८ वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक र साढे २ वर्षीया रियन्सा विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पहिरो गए रातिदेखि परेको अविरल वर्षाका कारण गएको हो। त्यस्तै सोहि पहिरोमा परि स्थानिय मुना विक र विष्णु विक घाइते भएका छन् । उनीहरूको अहिले स्थानिय अस्पतालमा उपचार भइरहेको बताईएको छ।

सम्बन्धित समाचार