गोडैता – सर्लाहीमा जन्म कैद सजाय तोकी फरार रहका प्रतिवादी १७ बर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको बलरा नगरपालिका-९ निवासी ६५ बर्षीय रामाज्ञा राय यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार उनले १७ बर्ष अघि सोहि नगरपालिकाको वडा नम्बर १० निवासि रामबली सिंहलाई लेनदेनको बिषयमा रिसिबीइ राखी घाटीमा धारिलो हतियार प्रहार गरि हत्या गरेका थिए।
त्यसपछि उनलाई ज्यान मारेको मुद्वामा सर्बोच्च अदालतले अन्तिम सर्बस्वसहित जन्म कैदको फैसला गरेको थियो। त्यसपछि उनि हालसम्म फरार रहेका थिए। पक्राउ परेका उनलाई प्रहरीले सर्लाही जिल्ला अदालतमा पेश गरे पश्चात कारागार चलान गरिएको छ।