सर्लाही – आज (मंगलबार) एकै दिन बागलुङ र गुल्मीमा गरि १४ जनाको मृत्यु भएको छ, भने २ जना घाईते र २ जना पहिरोमा परि बेपत्ता भएका छन। गएरातीको अविरल बर्षाका कारण पहिरो गएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार जिल्लाका विभिन्न ठाउँमा पहिरोमा परि ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा जिल्लाको बडिगाड–१० आरुपाट बस्ने बर्ष ७ की मालती बुढा, ७ वर्षिया मधु बुढा, ६ महिनाकी बालिका, वर्ष १२ का मनोज बुढा, वर्ष १२ का अमन बुढा र बर्ष ५९ की मैतीदेवी रहेका छन्।
यस्तै, जिल्लाकै वडिगाड–९ बलघाँसका १५ वर्षिय बिदान परियार र वडिगाड–९ दर्लिङ काभ्राखर्कका २४ वर्षका गंगा बस्नेतको पनि पहिरोमै परेर मृत्यु भएको छ। बडिगाड गाउँपालिका–१० आरुपाटामा भने पहिरोमा परि २ जना बेपत्ता रहेका छन् उनीहरुको खोजि कार्य चल्दै गरेको प्रहरीले जनायो।
यता, गुल्मीमा बिहान पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मृत्यु हुनेहरुमा जिल्लको मुसिकोट नगरपालिका- १ स्थित बिसौना निवासी ४८ वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक र साढे २ वर्षीया रियन्सा विक रहेका छन्।
सोहि पहिरोमा परि स्थानिय मुना विक र विष्णु विक घाइते भएका छन्। अहिले उनीहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको बताईएको छ। गएराती देखि देशका धेरै भूभागमा भारि बर्षा भईरहेको छ तथा भारि बर्षा भोलिसम्म हुने र मौसम पर्वानुमशाखा, सरोकारवालाहरुले सतर्कता अपनाउन आग्रह गरेका छन्।