मधेशमा थप ५ राज्यमन्त्री नियुक्त

२०८१ श्रावण २२, मंगलवार १८:५७

सर्लाही – मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार थप ५ राज्यमन्त्री नियुक्त गरेका छन् । उनले नेपाली कांग्रेसबाट २,जनमत, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट १-१ जना गरी पाँच राज्यमन्त्री नियुक्त गरेका हुन्।

एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मा मो. जयद आलम, कांग्रेससबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा निलम कुाारी रजक नियुक्त भएका छन् ।

यस्तै लोसपाबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग पर्यटन राज्यमन्त्री सम्भु साह नियुक्त भएका छन् । यो संगै मधेश सरकारको मन्त्रिपरिषद अहिलेसम्मकै ठूलो आकारको अर्थात २० सदस्यीय बनेको छ । मधेशमा १२ मन्त्रालय छ । जनमतले मुख्यमन्त्री बाहेक २, कांग्रेस र एमालेले ४-४ र लोसपाले एक मन्त्रालय सम्हालेको छ । यसअघि नै एमालेका २ र जनमतका एक राज्यमन्त्री नियुक्त भइसकेका थिए । – अन्लाईन खबरबाट

सम्बन्धित समाचार