रोजगारको संख्या घटदै जानू र मन्त्रालयको संख्या बढदै जानू मधेशको लागि दुर्भाग्यपूर्ण हो – सांसद सिंह

२०८१ श्रावण २३, बुधबार ०९:०८

सर्लाही – रोजगारको संख्या घटदै जानू र मन्त्रालयको संख्या बढदै जानू मधेशको लागि दुर्भाग्यपूर्ण रहेको सांसद डा.अमरेशकुमार सिंहले बताएका छन्। सांसद सिंहले बुधबार आफ्नो फेसबुक पेजमा एक स्टाटस राख्दै उक्त कुरा जोडेका हुन्।

उनले लेखेका छन् – ‘सुशासन गल्हतयाएर ल्याउनु पर्छ भन्ने ल्याइन्छ,झ्याल झ्यालमा मन्त्रालय खोलेर आउँछ भन्ने ल्याइन्छ,मधेश प्रदेश दिनानुदिन शिक्षा, स्वास्थ्य स्थर खस्किदै जानु ,कृषि उत्पादन र रोजगार को संख्या घटदै जानू र मन्त्रालयको संख्या बढदै जानू मधेशको लागि दुर्भाग्यपूर्ण हो।’

मंगलबार मधेश प्रदेशका मूख्यमन्त्री सतिशकुमार सिंहले ५ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद २० सदस्यीय पुर्याएका छन्। यो मधेशमा अहिलेसम्मको सबैभन्दा ठुलो मन्त्रिपरिषद हो । अहिले चौतर्फी रुपमा मूख्यमन्त्री सतिशकुमार सिंहको यो कार्यप्रति आलोचना भईरहेको छ।

सम्बन्धित समाचार