सर्लाही प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान चलाएर एक बर्षमा पक्राउ गर्यो ६२० जना

२०८१ श्रावण २५, शुक्रबार ०७:१३

गोडैता – जील्ला प्रहरी कार्यालय सर्लाहीले ‘फरार प्रतिवादी पक्राउ अभियान’ चलाएर एक बर्षमा ६२० जना प्रतिबादिलाई पक्राउ गरेको छ। अदालतको आदेश पत्रलाई कार्यान्वयन गर्ने शिलशिलामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार गत आर्थिक बर्ष २०८०/०८१ मा उक्त संख्यामा फरार रहेका प्रतिबादिहरुलाई पक्राउ गरि सजाय कार्यान्वयनका लागि अदालत बुझाईएको छ। सम्मानित सर्लाही जील्ला अदालतबाट विभिन्न समयमा सजाय तोकिएर हाल सम्म फरार रहेका उनीहरुलाई प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान चलाएरै पक्राउ गरेको हो।

जील्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारि एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक श्रेष्ठले बताए अनुसार पक्राउ परेकाहरुलाई ८५ बर्ष २ महिना १ दिन कैद सजाय रहेको छ भने उनीहरुबाट रु. ८९ लाख २८ हजार ५१८ रकम जरिवाना असुल गरिएको छ। पक्राउ परेका उनीहरुलाई सजाय कार्यान्वयनका जिल्ला अदालत सर्लाहीमा बुझाईएको छ।

सम्बन्धित समाचार