रौतहटमा करेन्ट लागेर ६ वर्षीय बालकको मृत्यु

२०८१ श्रावण २६, शनिबार ०८:३७

सर्लाही – रौतहटमा करेन्ट लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको ईशनाथ नगरपालिका-४ मठिया टोल निवासी महमद साहबानका ६ वर्षीय छोरा महमद सुलतान रहेका छन्।

शुक्रबार बिहान आफ्नै घरको छतमा खेल्ने क्रममा नाङ्गो विद्युतीय तार छुन गई उनलाई करेन्ट लागेको थियो। उनि करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घाइते उनलाई उपचारका लागि जिल्ला सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा लगिएकामा सोहि अस्पतालमा उनको मृत्यु भएको हो।

सम्बन्धित समाचार