सर्लाही – सर्लाहीमा एक युवक मृत फेला परेका छन्। आज (शनिबार) बिहान जील्लाको बरहथवा नगरपालिका-८, टाँडीमा स्थानीय श्यामबाबु साहका १९ बर्षिय छोरा मुन्ना साह घर नजिकै परालको भुस्सा राख्ने खाली घरमा मृत फेला परेका हुन्।
मृतक फेला परेका मुन्नाको घाँटीमा चोट देकिएको छ। घटना हेर्दा शंकादस्पद रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उक्त घरमा उनलाई मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरीको टोलि घटनास्थलमा खटिएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।
प्रहरी टोलि खटिएपछि प्रहरी र ति युवकका काकाले युवकलाई उपचारका लागि बरहथवास्थित हनुमन्ते अस्पतालमा लगिएकामा सामान्य उपचार गरे जस्तो गरि थप उपचारका लागि बरहथवा कै अर्को अस्पताल नवजीवन अस्पतालमा लगिएकामा त्यहाँ डाक्टरले युवकको अघि नै मृत्यु भईसकेको बताए।
प्रहरीका अनुसार शव परिक्षणका लागि शनिबार बिहानै काठमाडौं पठाई सकिएको छ। घटना शंकादस्पद रहेका कारण प्रहरीले उनकी प्रेमिका भनिने स्थानिय एक युवतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ। उनलाई प्रहरीले शनिबार बिहान युवा मृत फेला परेसंगै नियन्त्रणमा लिएको जनाएको छ।
स्थानियाहरुका अनुसार युवकको हत्या भएको बताईएको छ। नाम नखुलाउने शर्तमा एक स्थानीयले भने – ‘प्रेमिकाले नै राति ति युवकलाई बोलाएको र उनका बुवा र भाईले घाँटी थिची हत्या भएको हो।’ यता प्रहरीले भने घटना शंकास्पद रहेको कारण घटनाको शुच्म तरिकाले अनुसन्धान अघि बढाईएको जनाएको छ।
भिडियो :